Shikhar Insurance
National Life

एनआरएन जापानमा चुनावी सरगर्मीः केन्द्रिय सदस्यका उम्मेदवार कँडेल भन्छन्–म जित्छु

सिंहदरबार संवाददाता
२०७८ श्रावण ६, बुधबार ११:०१
Hyundai
NCELL
NIMB

जापान । गैर आवासिय नेपाली संघ(एनआरएन) जापानमा चुनावी सरगर्मी बढेको छ । एनआरएन जापानको चुनाव यहि जुलाई २७ तारिखका दिन हुँदैछ । अधिवेशनमा बिभिन्न समुहहरु प्रतिष्पर्धामा छन् । केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका युवा व्यवसायी दिलिप कँडेलले भने आफुले ढुक्कसँग निर्वाचन जित्ने बताए ।

‘एनएनआरएनए वास्तवमै हामी सबैनेपाली हरुको साझा अभियान हो र सबल एनआरएनए को प्रमूख आधार भनेकै यो अभियानलाई थप संस्थागत गर्दै जापानबासी नेपाली सबैलाई अपनत्व प्रदान गर्ने नै हो । अहिलेसम्मको अवस्था हेर्दा ढुक्कले जित्छु’, कँडेलले भने ।
उनले आफु ‘म होईन , हामी बनेर मिलेर काम गर्न’ तयार रहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

झण्डै एक दर्जन भन्दा बढी सामाजिक संघ संस्थाहरुमा सक्रिय रहेका कँडेलले विगतको अनुभव र नयाँ टिमसँग मिलेर जापानको एनआरएन आन्दोलनलाई नयाँ उचाईमा पुर्याउन आफु उम्मेदवार बनेको बताए ।

उनले एनआरएन जापानमा थुप्रै सुधारका कामहरु गर्नुपर्ने अवस्था आएको र आफुले त्यसका लागि पहलकदमी गर्ने पनि बताए । ‘संस्था भित्रको अपारदर्शितालाई मँ एक्लैले हटाउँछु भन्ने ठूला महत्वाकांक्षी नारा दिन सक्दिन, तर त्यहाँ भित्र भएका राम्रा कुराको समर्थन गर्दै नराम्रा कुराको खुलेर बिरोध गर्दै जापान बासी नेपाली माझ पुर्याऊने छु ।’, कँडेलले भने । उनले संघको जापान च्याप्टरमा देखिएको अपारदर्शितालाई कम गराएरै छाड्ने अठोटका साथ एनआरएनए नेतृत्वमा जान लागेको दावी पनि गरे ।

एनआरएनए कान्साईको विभिन्न कार्यक्रममा संयोजनकारी भूमिकामा रहेर सक्रिय रहँदै आएका कँडेलले कान्साई क्षेत्रमा सक्रिय नेपाली युवाहरुको संस्था स्टार ग्रुप जापानको दुई कार्यकाल अध्यक्षको रुपमा समेत जिम्मेवारी पुरा गरेका छन् ।

गल्कोट समाज जापान कान्साईको सल्लाहकार, गल्कोट समाज जापानको केन्द्रिय सदस्य हुदै अहिले नेपालमा रहेका थुप्रै संघसस्थासगं सहकार्य गरिरहेका छन् । ‘मेरो चाहाना भनेको नै साच्चिकै एनआरएन भनेको जापानवासी नेपालीको अभिभावकीय भूमिकाको सस्था बनोस भन्ने मात्र हो ।’, कँडेलले भने । उनी सन २००६ सालदेखि जापानमा रहँदै आएका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्