Shikhar Insurance
National Life

१ मिनेट १० सेकेन्डमै अनलाइन खाता खोलेर सुदिक्षाले जितिन् आईफोन १२

सिंहदरबार संवाददाता
२०७८ श्रावण ५, मंगलवार १८:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । सबैभन्दा कम समयमा अनलाइन खाता खोल्ने सर्लाहीकी सुदिक्षा थापाले आईफोन १२ जितेकी छन् ।

एनआईसी एशिया बैंकले ल्याएको अनलाइन एकाउन्ट ओपनिङ च्यालेन्जमा सबैभन्दा कम समयमा खाता खोल्ने थापालाई पुरस्कृत गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जेठ २३ देखि असार १९ सम्म सञ्चालन भएको प्रतियोगितामा कुल १५८ जना योग्य सहभागीमध्ये सबैभन्दा कम अर्थात् १ मिनेट १० सेकेन्डमै खाता खोली थापाले आईफोन १२ जितेकी हुन् ।

योग्य सहभागीहरूले बैंकको वेबसाइटबाट खाता खोल्ने, अनलाइन खाताको स्टेप १ देखि सब्मिटेडसम्मको प्रक्रिया देखिने गरी स्क्रिनसट सेयर गर्ने, प्रतियोगिता अवधिभर बैंकको आधिकारिक फेसबुक पेजमा रहेको पिन्ड पोस्टको कमेन्टमा च्यालेन्ज एसेप्टेड लेखि आफ्ना ५ जना साथीहरूलाई ट्याग गरी उक्त स्क्रिनसट पोस्ट गर्ने, पिन्ड पोस्टलाई आफ्नो टाइमलाइनमा बैकले तोकेको ह्यासट्याग उल्लेख गरी सेयर गर्ने र यस बैंकको फेसबुक पेज र उक्त पिन्ड पोस्टलाई लाइक गरेपश्चात् यस प्रतियोगितामा सहभागी भएका थिए ।

प्रतियोगिता अवधिभर कम समयमा अनलाईन खाता खोल्ने शीर्ष १० सहभागीले स्मार्टवाच जितेका छन् । प्रतियोगिता अवधिभर साप्ताहिक रुपमा सबैभन्दा कम समयमा सफलपूर्वक अनलाइन खाता खोल्दै पहिलो साता काठमाडौंकी अस्मिता खतिवडा तथा कञ्चनपुरका सुरज चन्द, दोस्रो साता काठमाडौंकी कुसुम तिवारी तथा धरानकी दिपशिका योगी, तेस्रो साता विरगंजकी प्रमिला चौधरी तथा महेन्द्रनगरकी प्रतिक्षा चन्द र चौथो साता सर्लाहीकी सुदिक्षा थापा (आईफोन–१२ विजेता समेत) तथा अर्घाखाँचीका मोहम्मद अलीले स्मार्टवाच जिते ।

बैंकले सञ्चालनमा ल्याएको सहज अनलाइन खाता प्रक्रियाबाट यस प्रतियोगिता अवधिभर कुल ९ हजार भन्दा बढीले खाता खोलेकोमा १ सय ५८ जनाले मात्रै प्रतियोगितामा सहभागीता जनाएका थिए ।

विजेता १८ जनाले न्यूनतम १ मिनेट १० सेकेन्ड देखि अधिकतम ३ मिनेट ९ सेकेन्ड लगाएर अनलाइन खाता खोलेका थिए ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्