काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुन प्रतितोला ४ सय रूपैयाँले महंगिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँ तथा तेजावी सुन ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मुल्य बढ्दा चाँदीको भाउ भने घटेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँ सस्तिएर प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्