Shikhar Insurance
National Life

कुवेतबाट नेपाल पैसा पठाउन झनै सजिलो, इसेवालले गर्‍यो यस्तो सम्झौता

सिंहदरबार संवाददाता
२०७८ श्रावण ४, सोमबार १६:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । इसेवा मनि ट्रान्स्फर र कुवेतलाई आधार बनाएर रेमिट्यान्स् कारोबार गर्दै आएको कुवेत इन्डिया इन्टरनेसनल एक्स्चेञ्जबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै कुवेतमा रहेका नेपालीहरूलाई रेमिट्यान्स् पठाउन अझ सहज भएको छ ।

कुवेतमा रहेका नेपालीहरूले कुवेत इन्डिया इन्टरनेसनल मार्फत नेपालका कुनै पनि बैंक खातामा तथा इसेवा वालेटमा कम लागतमा रकम पठाउन सक्नेछन् । साथै कुवेतमा रहेका कुवेत इन्डिया इन्टरनेसनलका ८ वटा शाखा तथा मोबाईल भ्यान मार्फत पनि नगद रेमिट्यान्स् पठाउन सकिन्छ । मोबाईल भ्यान रकम पठाउने व्यक्तिको घर घरमा पुग्नेछ । उक्त रकम नेपालमा रहेका इसेवा मनि ट्रान्स्फरका ८ हजार भन्दा धेरै एजेन्ट नेटवर्कमार्फत प्राप्त गर्न सकिन्छ भने सिधै इसेवा खातामा लोड गर्न पनि सकिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कुवेत इन्डिया इन्टरनेसनल एक्स्चेञ्ज १९७९ मा स्थापित कुवेतको केन्द्रिय बैंकबाट अनुमति प्राप्त रेमिट्यान्स् कम्पनी हो । जसले स्मार्ट वित्तीय सेवाका साथ रेमिट्यान्स्, मुद्रा विनियम जस्ता सेवाहरू दिँदै आएको छ ।

इसेवा मनि ट्रान्सफरले डिजिटल तथा परम्परागत शैलिको माध्यमबाट इसेवा वालेट तथा ६५ भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई ८००० भन्दा बढी एजेन्ट सञ्जाल मार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्