Shikhar Insurance
National Life

सिभिल बैंकको डिबेन्चर बिक्री नभए यी ४ संस्थाले किन्ने

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३, आईतवार १९:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । सिभिल बैंकले सार्वजानिक निष्काशन गर्न लागेको ३ अर्बको डिबेन्चरको प्रत्याभूती नागरिक लगानी कोष, प्रभु क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र माछापुच्छ्रे कृती क्यापिटलले गरेका छन् । डिबेन्चर निष्काशनकर्ता सिभिल बैंक तथा प्रत्याभूतिकर्ताहरुबीच आइतबार हस्ताक्षर भएको छ ।

प्रचलित धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा भएको व्यवस्था बमोजिम प्रत्याभूती सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले १ हजार रुपैयाँ अंकित दरको ३० लाख कित्ता ‘९ % सिभिल बैंक डिबेन्चर २०८८’ गर्दैछ । सम्झौता अनुसार सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट निष्काशन अवधिमा माग भएबमोजिम बिक्री हुन नसकेमा बाँकी रहेको डिबेन्चर खरिद गर्ने दायित्व चारवटै प्रत्याभूतिकर्ताहरुले लिन मञ्जुर गरेका छन् । यसक्रममा प्रत्याभूतीकर्ताहरु नागरिक लगानी कोषले २ अर्ब, प्रभु क्यापिटलले ३५ करोड रुपैयाँ, ग्लोबल आइएमई क्यापिटलले ३० करोड र माछापुच्छ्रे कृति क्यापिटलले ३५ करोड बरावरको डिबेन्चरको प्रत्याभुति गरेका छन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्