Shikhar Insurance
National Life

एमालेका २३ भन्दा धेरै सांसदले देउवालाई विश्वासको मत दिने

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३, आईतवार ११:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले)का २३ जना भन्दा बढी सांसदले प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने भएका छ । संसद विघटन विरुद्ध सर्वाेच्च अदालतमा एमालेका २३ जना सांसदले हस्ताक्षर बुझाएका थिए ।

देउवालाई विश्वासको मत भने २३ भन्दा धेरै सांसदले दिने भएका हुन् । ओलीले पार्टी एकता नचाहेको र संबिधान तथा व्यवस्था प्रति नै ओलीको अनास्था देखिएको भन्दै माधव नेपाल निकट रहेका तर अदालतमा हस्ताक्षर नबुझाएका एक दर्जन भन्दा बढी सांसदले देउवालाई मत दिन लागेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले आजै संसदमा विश्वासको मत लिँदैछन् । माधव नेपाल पक्षका २३ सांसदले देउवालाई विश्वासको मत दिने बताईसकेका छन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्