Shikhar Insurance
National Life

कामना सेवाको छलाङः नाफा बढेर ७० करोड नाघ्यो, लगानीकर्ता अब मालामाल

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३, आईतवार १०:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधीमा ७० करोड २ लाख रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार अघिल्लो आवको सोही अवधीको तुलनामा ४८४.९६ प्रतिशतले नाफा वृद्धि भएको छ ।

आव २०७६।७७ मा बैंकको त्यस्तो नाफा जम्मा ११ करोड ९७ लाख रुपैयाँ मात्रै थियो । अघिल्लो आर्थिक वर्षमा १३ करोड ७४ लाख रुपैयाँले ऋणात्मक रहेको बैंकको वितरणयोग्य नाफा पनि गतवर्ष ४३ करोड ४५ लाख रुपैयाँमा पुगेको छ । अर्थात गत आवको नाफाबाट बैंकले आफ्ना लगानीकर्तालाई ४३ करोड ४५ लाख रुपैयाँ बराबरको लाभांश दिने क्षमता राख्दछ । बैंकको प्रतिशेयर २६ रुपैयाँ ४० पैसा र प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ६१ पैसा पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चुक्ता पूँजी २ करोड ६५ लाख १९ हजार रहेको बैंकले आर्जन गरेको वितरणयोग्य नाफाबाट शेयरधनीलाई १६.६० प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ ।

बैंकको जगेडा कोषमा ८४ करोड ४३ लाख रुपैयाँ रहेको छ । कामना सेवाले गत आवमा ४४ अर्ब ४५ करोड रुपैयाँ निक्षेप संकलन गरेर ३८ अर्ब ८२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले गत वर्ष खुद ब्याज आम्दानी एक अर्ब ३९ करोड रुपैयाँ आर्जन गरेको देखिन्छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्