Shikhar Insurance
National Life

नबिल बैंकको डिबेञ्चर साउन १० देखि, ७ वर्षसम्म ८ प्रतिशत ब्याज निरन्तर

सिंहदरबार संवाददाता
२०७८ श्रावण ३, आईतवार १०:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकको डिबेञ्चर साउन १० गतेदेखि निष्काशन हुने भएको छ । बैंकले ७ वर्ष अवधीको डिबेञ्चरमा ८ प्रतिशत ब्याजदर दिनेछ । कुल तीन अर्ब रुपैयाँ बराबरको डिबेञ्चरमध्ये १२ लाख इकाईमा सर्वसाधारणले आवेदन दिन मिल्नेछ भने बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

प्रति इकाई एक हजार रुपैयाँ मूल्य अंकित बिडेञ्चरलाई ‘८ प्रतिशत नबिल बैंक डिबेन्चर २०८५’ नामाकरण गरिएको छ । छिटोमा साउन १३ गते र ढिलामा २४ गतेसम्म आवेदन दिन सकिन्छ । हिमालयन क्यापिटल बिक्रि प्रबन्धक रहेको ऋणपत्रमा न्युनतम २५ हजार कित्ता आवेदन दिनुपर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको ऋणपत्रलाई इक्रा नेपालले ‘इस्युअर रेटिङ डबल ए माइनस’ प्रदान गरेको छ । जसले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा नबिल उच्च मात्रामा सुरक्षित रहेको जनाउँछ । लगानीकर्ताले आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट ऋणपत्रमा आवेदन गर्न सक्नेछन् । यस्तै, मेरो सेयरमार्फत अनलाइन आवेदन पनि दिन सकिन्छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्