Shikhar Insurance
National Life

खाद्यान्न र पशु दाना उत्पादनमा अब्बल प्रोबायोटेकले पनि आईपीओ जारी गर्ने

सिंहदरबार संवाददाता
२०७८ श्रावण २, शनिबार १४:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । किसान र कृषि उत्पादनसँग जोडिएको अब्बल कम्पनी प्रोबायोटेक इण्डष्ट्रिजले पनि आईपीओ जारी गर्ने भएको छ । निम्बस होल्डिङ अन्तर्गत रहेको प्रोबायोटेक इण्डष्ट्रिजले आईपीओ जारी गर्ने प्रयोजनसहित पब्लिक कम्पनीमा रुपान्तरण गरेको छ ।
यो कम्पनी खाद्यान्न र पशु दाना उत्पादनमा देशको अग्रणीमध्येमा पर्छ ।

कम्पनीले आगामी डेढ वर्षभित्र आईपीओ जारी गर्ने योजना बनाएको छ । कम्पनीले हाल खाद्यान्न तर्फ ब्यञ्जन र सुनौलो किरण ब्रान्डमा गुणस्तरीय खाने तेल उत्पादन गरिरहेको छ । त्यसमा सुर्यमुखी, तोरी र भटमासका तेल उत्पादन हुन्छन् । कम्पनीले शक्ति ब्राण्डमा दाना उत्पादन गरेर बेच्दै आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, प्रोबायोटेकले नै भटमासको मस्यौरा, आटा, सुजी, दाल, मैदा आदी पनि उत्पादन गरिरहेको छ । यो कम्पनीमा युवा उद्यमी आनन्द बगरियाले प्रबन्ध निर्देशका  रुपमा नेतृत्व गरिरहेका छन् । बगरियाले  वीरगञ्जमा ४ अर्बको लागतमा ६ विगाह क्षेत्रफल ओगट्ने गरि कृषिमा आधारित प्रोबायोटेक उद्योग सञ्चालन गरिरहेका छन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्