Shikhar Insurance
National Life

सेयर बजारका कारोबारीलाई आजबाट ७.५ प्रतिशत पुँजीगत लाभकर

सिंहदरबार संवाददाता
२०७८ श्रावण १, शुक्रबार १०:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर बजारका कारोबारीलाई आजबाट ७.५ प्रतिशतको पुँजीगत लाभकर लागु भएको छ । केपी ओली सरकारले अध्यादेश मार्फत ल्याएको बजेटले एक वर्ष नपुगी सेयर खरिद बिक्रि गर्ने कारोबारीहरुका लागि ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था गरेको थियो । एक वर्ष भन्दा बढी अवधी सेयर होल्ड गर्ने लगानीकर्ताहरुलाई भने ५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ । हालसम्म सेयर बजारका सबै खाले कारोबारमा ५ प्रतिशत पुँजीगतल लाभकर असुलिँदै आएको थियो ।

बजेटले सेयर बजारका दिर्घकालिन लगानीकर्ताका रुपमा एक वर्ष भन्दा बढी समय सेयर होल्ड गर्ने लगानीकर्तालाई मानेको छ र उनीहरुलाई ५ प्रतिशत पुँजीगत लाभकर तोकिदिएको छ । एक वर्ष भन्दा कम अवधी सेयर होल्ड गरेर खरिद बिक्रि गर्ने लगानीकर्तालाई भने अल्पकालिन लगानीकर्ताका रुपमा परिभाषित गर्दै ५ प्रतिशतको पुँजीगत लाभकर तोकिदिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अब म्युचुअल फण्डहरु भने करमुक्त भएका छन् । म्युचुअल फण्डहरु दोहोरो करको मारमा पर्दै आएका थिए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्