Shikhar Insurance
National Life

७ वर्षमा १ सय २३ किमि सडक बनाएर सेनाले सरकारलाई लगायो जिम्मा, जोडिए यी ३ जिल्ला

सिंहदरबार संवाददाता
२०७८ असार ३१, बिहीबार १९:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली सेनाले कर्णाली करिडोर अन्तर्गत खुलालु-लैफु-सलीसल्ला सडक खण्डको कार्य सम्पन्न गरी उत्तर दक्षिण व्यापारिक मार्ग हिल्सा-सिमिकोट सडक आयोजनालाई हस्तान्तरण गरेको छ ।

सेनाका कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख प्राविधिक सेनानी मिलन कार्कीले आयोजना योजना प्रमुख बिष्णुदास लामालाई सडक जिम्मा लगाएका हुन् । निर्माणको जिम्मेवारी पाएको सेनाले सडक बनाउने काम २०७१ चैत ९ गतेबाट सुरू गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कुल १२२.७५ कि.मि. लम्बाई र औसत ६ मिटर चौडाई रहेको उक्त सडक खण्डले कालिकोट, बाजुरा र हुम्ला जिल्लालाई जोडेको छ । यस सडक खण्डको निर्माणपछि राष्ट्रिय सडक सञ्‍जालमा जोडिन बाँकी रहेको अन्तिम जिल्ला हुम्लाको ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिका समेत उक्त सडक सञ्‍जालमा जोडिएका छन् ।

भौगोलिक विकटता, मौसमी प्रतिकुलता, कडा चट्टानयुक्त भू-बनोट आदिका कारण यस सडक खण्डलाई विशेष परिस्थितीको सडकको रुपमा परिभाषित गरी २०७१ चैत्र ५ गतेको मन्त्रीपरिषद्को निर्णयबाट नेपाली सेनालाई जिम्मा दिइएको थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्