Shikhar Insurance
National Life

आवको अन्त्यमा सेयर बजारमा उत्साहः नेप्से ११ अंकले बढ्दा ८ अर्बको कारोबार

नेप्से २८८३.२८ अंकमा पुगेर आर्थिक वर्षलाई गर्‍यो बिदा, पुँजीकरण ४० खर्ब १० अर्ब रूपैयाँ
सिंहदरबार संवाददाता
२०७८ असार ३१, बिहीबार १८:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । आर्थिक वर्षको अन्तिम कारोबार दिनमा सेयर बजारमा उत्साह छाएको छ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ११ अंकले बढ्दा ८ अर्बको सेयर किनबेच भएको हो ।

अर्थमन्त्रीमा जनार्दन शर्मा हिजैमात्र नियुक्त भएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि हुँदा बजार पुँजीकरण ४० खर्ब १० अर्ब ९५ करोड ७८ लाख १० हजार रूपैयाँ पुगेको छ । विगत केही दिनदेखि झिनो अङ्कले मात्रै उकालो लागेको नेप्से बिहिबार भने ११.३३ अङ्कले वृद्धि भई २८८३.२८ मा पुगेको हो । यस्तै ठूला कम्पनीको सेयर कारोवार मापक सेन्सेटिभ परिसूचक १.९३ बिन्दुले उकालो लागेर ५४१.३१ मा पुगेको छ ।

कूल २२३ कम्पनीको पाँच करोड ८५ लाख २ हजार १ सय ९ कित्ता सेयर ८ अर्ब १४ करोड ३६ लाख १४ हजार ३ सय २ रूपैयाँमा कारोबार भएको छ । चालु आर्थिक वर्षको आज अन्तिम दिन बजारले सकारात्मक संकेत गर्दै बिदा भएको छ ।

नेप्सेका अनुसार बिहिबार जलविद्युत् उपसमूहको सेयर उकालो लागेको छ । सो उपसमूहको सेयर ५६.१४ बिन्दुले बढेको छ । कूल १३ उपसमूहमध्ये सात उपसमूहको सेयर उकालो लागेको छ भने छ उपसमूहको सेयर भने ओरालो लागेको छ । बैंकिङ ६.३, व्यापार २८.७१, जलविद्युत् ५६.१४, वित्त ४७.८९, निर्जीवन बीमा ३६.२६, लघुवित्त ४५.७१ र सामूहिक लगानी कोष ०.०७ बिन्दुले बढेको छ । यस्तै, होटल तथा पर्यटन ५०.३८, विकास बैंक १३.६६, उत्पादन ५.८७, अन्य ७.८१, जीवन बीमा ४३.११ र लगानी ०.०१ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको ३६ करोड ७० लाख २३ हजार ५७४ बराबरको कारोवार भयो । एनआइसी एशिया बैंक ३३ करोड ११ लाख ४४ हजार ९४०, मेरो माइक्रोफाइनान्स रु २३ करोड ४६ लाख ४४ हजार ९४०, मञ्जुश्री फाइनान्स २३ करोड ४३ लाख ३८ हजार ४२५ र नेपाल लाइफ इन्स्योरेन्स २० करोड दुई लाख ९१ हजार ८९६ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

यस्तै, ङादी ग्रुप अफ पावर ९.४०, रैराङ हाइड्रोपावर ८.९१, गणपति माइक्रोफाइनान्स ७.८८, मञ्जुश्री फाइनान्स ७.८३ र एनआइबिएल समृद्धि फण्डका लगानीकर्ताले ७.७८ प्रतिशतले कमाए । त्यस्तै, कृषि विकास बैंकको ऋणपत्र ३.९०, सिभिल लघुवित्त २.८६, लक्ष्मी इक्विटी फण्ड २.८२, ओरियण्टल होटल २.३९ र सोल्टी होटलका लगानीकर्ताले २.२४ प्रतिशतले गुमाए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्