Shikhar Insurance
National Life

बीमा समितिले भन्योः भोलिदेखि बेच्ने बिमा पोलिसी नयाँ आवमै जोड्नु, नत्र कारबाही

सिंहदरबार संवाददाता
२०७८ असार ३१, बिहीबार १८:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरूलाई चालु आर्थिक वर्ष २०७७/७९ को खातापाता बिहीबारबाटै बन्द गर्न निर्देशन दिएको छ । असोजसम्म बीमा पोलिसी बेचेर अघिल्लो आर्थिक वर्षमा हिसाब गर्ने बीमा कम्पनीहरूलाई समितिले कडाइ गरेको हो ।

समितिको निर्देशन अनुसार शुक्रबार देखि बिक्री हुने बीमा पोलिसी नयाँ आवमा मात्रे इन्ट्रि हुनुपर्नेछ । समितिले चालु आवको सफ्टवेयर तथा म्यानुअल खुवै खाता मार्फत् हुने बीमा सम्बन्धि कारोबार बिहिबार नै बन्द गर्न भनेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो व्यवस्थाले बीमा कम्पनीहरूको प्रिमियम संकलन घटाउँछ । यदी नयाँ आवका कारोबार अघिल्लो आवको खातामा इन्ट्रि गरेको पाइए कारबाही गर्ने समितिको भनाइ छ ।

जीवन बीमा कम्पनीहरूले बीमा सम्बन्धि कोर एप्लिकेसन प्रयोग गर्दा वास्तविक समयमा परिणाम दिने सर्भरमा आधारित रियल टाइम सफ्टवेयर हुनुपर्ने तथा एकै समयमा समयमा सम्बन्धि सबै स्थानमा सञ्चालन हुनु पर्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्