Shikhar Insurance
National Life

युनियन लाइफको आईपीओ बाँडफाँड, तपाईंलाई पर्‍यो ? (यस्तो छ अलटमेन्ट मोड्युल)

सिंहदरबार संवाददाता
२०७८ असार ३१, बिहीबार १७:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । युनियन लाइफको आईपीओ बाँडफाँड भएको छ । बिहीबार कम्पनी र बिक्री प्रबन्धक प्रभु क्यापिटको आयोजनामा आईपीओ बाँडफाँड भएको हो ।

आईपीओ बाँडफाँडमा लक्कि नम्बर ६ निस्किएको छ । आवेदकको क्रममा ६ बाट सुरू भएर हरेक ३.६४ जनापछिको व्यक्तिलाई आईपीओ परेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जसअनुसार ५ लाख ८० हजार ५ सय जना आवेदकले १०–१० कित्ता सेयर पाएका छन् । कुल २१ लाख १७ हजार योग्य आवेदकमध्ये १५ लाख ३६ हजारको हात खाली भएको हो ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयरको निष्काशनमा आवेदन दिने २१ लाख ८२ हजार ७ सय ७५ आवेदन मध्ये दोहोरो आवेदनका कारणबाट रद्ध भएका ४ हजार ८ सय १ तथा अन्य कारणबाट आवेदन रद्ध भएका ६५ हजार १ सय ७५ बाहेक बाँकी रहेका योग्य आवेदनहरु २१ लाख १२ हजार ७ सय ९९ वटा मध्येबाट ५ लाख ८० हजार ५ सय जनालाई न्यूनतम १० इकाई बाँडफाँड गरिएको छ ।

प्रभु क्यापिट लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई असार २४ गते देखि २८ गते सम्म सार्वजनिक निष्काशन खुला गरिएको युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक निष्काशनमा निष्काशन गरिएको कूल सेयर ६४ लाख ५० हजार कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर ३ लाख २२ हजार ५०० कित्ता तथा कर्मचारीलाई ५ प्रतिशत बराबर ३ लाख २२ हजार ५०० कित्ता छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशनको करिब ५.९२ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट तथा सिडिएससिको वेवसाइट एवं युनियन लाइफ इन्स्योरेन्सको वेवसाइट बाट केही समय पश्चात हेर्न सकिने व्यवस्था मिलाइएको छ ।

यस्तो छ, अलटमेन्ट मोड्युलः

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्