Shikhar Insurance
National Life

अर्थमन्त्रीले भनेः अटोमोबाइल नेपालमै उद्योग खोल्ने काम अघि बढाउनु, मैले सक्ने सहयोग गर्छु

सिंहदरबार संवाददाता
२०७८ असार ३१, बिहीबार १६:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । नाडा अटोमोवाईल्स एशोसिएशन अन नेपालदे नव अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ५ सदस्यिय प्रतिनिधिमण्डलले अटोमोबाइल व्यवसायका समसामयिक विषयमा छलफल गरेको हो ।

सो अवसरमा नाडाका अध्यक्ष दुलालले नाडाले फेयर ट्रेडमा विश्वास गर्दे आएको बताउँदै सवारी साधनहरुको आयातको सन्दर्भमा देखिएका समस्याबारे मन्त्री शर्मालाई जानकारी गराए । दुलालले अटोमोबाइल क्षेत्रमा कार्यरत कर्मचारी तथा मजदुरहरुका लागि छिटो कोभिड विरुद्धको खोपको व्यवस्था गरि दिन आग्रह पनि गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालमा उत्पादित हुने अटोमोवाइल स्पेयर पार्टस् तथा लुब्रिकेन्टहरु बढी आयात भइरहेको सन्दर्भमा उच्च गुणस्तरका स्पेयर पार्टस तथा लुब्रिकेन्टहरु आयात गर्न सकिने व्यवस्थाका लागि आग्रह गरे । छलफलमा अध्यक्ष दुलालले आउँदो २०७८/७९ को मौद्रिक नीति अटोमोबाइल व्यवसायी मैत्री आउने आशा राखे ।

भेटमा उपाध्यक्ष करण चौधरीले बढ्दो क्रममा रहेको सवारी साधनहरुको आयात नेपाल राष्ट्र बैङ्कले सवारी साधनको विक्रिमा लगाएको ५० प्रतिशतको क्यापको कारण आर्थिक वर्ष २०७३/७४ देखि नै सवारी साधनको आयात क्रमशः घटन थालेको जानकारी दिए । त्यसैगरी नेपालको सार्वजनिक यातायात राम्रोसँग चल्न नसकेको सडकको अवस्था पनि राम्रो नरहेको कुरा राखे ।

छलफलमा महासचिव सुनिल रिजालले आयात गरिने विल कम्प्युटराइज्ड गरिएको खण्डमा अनधिकृत आयातलाई रोक्न सहज हुने बताए ।

व्यवसायीलाई जवाफ दिँदै अर्थमन्त्री शर्माले सरकारले सबै नेपाली जनतालाई नै सर्वसुलभ रुपमा खोप उपलब्ध गराउने जानकारी दिँदै नेपाल मै अटोमोबाइल उद्योग स्थापना गर्न नाडालाई आग्रह समेत गर्दे त्यसलाई अघि बढाउन सरकारबाट आवश्यक सहयोग प्राप्त हुने आश्वासन समेत दिए । त्यसै क्रममा उनले नेपालको अटोमोबाइल क्षेत्रमा के कस्ता समस्याहरु छन् ती सबै एकैसाथ उल्लेख गरेर पठाउन समेत नाडाका पदाधिकारीहरुलाई आग्रह गरे ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्