Shikhar Insurance
National Life

रेमिटेन्स साढे १२ प्रतिशतले बढ्यो, कस्तो छ ११ महिनाको अर्थतन्त्र ?

सिंहदरबार संवाददाता
२०७८ असार ३१, बिहीबार ११:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा रेमिटेन्स १२.५ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ११ महिने अवधीमा रेमिटेन्स साढे १२ प्रतिशतले बढेर ८७० अर्ब ९४ करोड पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिटेन्स ३.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिटेन्स १०.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेको थियो ।

११ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ५९.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १२.४ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ११ महिनामा ४७.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३१.१ प्रतिशतले घटेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

११ महिनामा खुद ट्रान्सफर ११.४ प्रतिशतले वृद्धि भई ९७१ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.९ प्रतिशतले घटेको थियो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्