Shikhar Insurance
National Life

१० लाख अमेरिकी डलरको पुरस्कारमा प्रतिष्पर्धा गर्न लण्डन जाँदै नेपाली युवा वैज्ञानिक

सिंहदरबार संवाददाता
२०७८ असार ३१, बिहीबार १०:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । युवा विद्यार्थीको नोबेल पुरस्कारका रूपमा चिनिएको हल्ट प्राइजको अन्तिम प्रतिस्पर्धामा भाग लिन नेपाली युवा वैज्ञानिकहरू लण्डन आउने भएका छन् । दश लाख अमेरिकी डलर रकमको उक्त पुरस्कारका लागि वैशाखमा पहिलो र दोस्रो चरणको छनोट प्रतियोगिता भइसकेको थियो ।

डल्ले च्याउ बनाउने मेसिन बनाएर प्रतिस्पर्धामा सहभागी भएका युवा वैज्ञानिकहरू शिशिर पन्त, प्रशान्त भट्ट, निर्देश भट्टराई र सोनी पोख्रेलको टोली अगस्ट ८ देखि सेप्टेम्बर १२ सम्म लण्डनमा हुन लागेको कार्यक्रमका लागि आउने तयारीमा छ । विश्वभरिबाट अन्तिम चरणका लागि पुगेका ६९ सहभागी हुने उक्त कार्यक्रममा नेपाली युवा वैज्ञानिक पनि सहभागी हुन लागेको चारमध्येका एक प्रतिस्पर्धी शिरिर पन्तले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लण्डनमा सहभागी हुन आउन खर्च लाग्ने दुखेसो गरेपछि गैरआवसीय नेपाली सङ्घका पदाधिकारीले व्यक्तिगतरूपमा र संस्थागतरूपमा सहयोग गर्न पहलका लागि गो फण्ड परोपकारी सञ्जालमार्फत रकम सङ्कलनको अभियान चलाइएको एक सामाजिक अभियानकर्मीले जानकारी दिए । बस्न र खानका लागि बेलायतमा रहेका नेपाली व्यवसायीले सहयोग गर्ने बताए पनि आउने जाने खर्चका लागिसमेत रकमको समस्या रहेको हुँदा उक्त सहयोग अभियान सञ्चालन गरिएको हो ।

घरेलु उद्योगका रूपमा विकास गर्न पनि सकिने र गृहिणीले आफ्नो बचेको समयमा यसैमा समय बिताए पैसा र पौष्टिक आहार दुवै हुने सोचका साथ विकास गरिएको मेसिनले कम खर्चमा डल्ले च्याउ उत्पादन गर्ने बताइएको छ । हाल व्यावसायिकरूपमा च्याउखेती गरिँदै आए पनि बढी खर्चिलो भएको हुँदा यो प्रविधिले थोरै रकमबाट पनि आर्थिक आयआर्जन गर्न सकिने र विदेशबाट आयात गरिने च्याउको मात्रामा समेत कमी आउने युवा वैज्ञानिकको भनाइ छ ।रासस

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्