Shikhar Insurance
National Life

ओलीपक्षका सांसदसले अवरोध गरेपनि गण्डकीको बजेट पारित

सिंहदरबार संवाददाता
२०७८ असार ३०, बुधबार २०:३६
Hyundai
NCELL
NIMB

गण्डकी । गण्डकी प्रदेशको बजेट प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को अवरोध र बहिष्कारका बीच पारित भएको छ । एमालेले प्रदेशसभाको बैठक लगातार अवरोध गरेपछि मार्सल लगाएर आज बजेट पारित गरिएको हो ।

बैठक शुरु हुनासाथ नेकपा एमालेका प्रदेशसभा सदस्यले बेल घेराउ गरेपछि मार्सल लगाइएको थियो । केही समय मर्यादापालक र प्रतिपक्षका सदस्यबीच धकेलाधकेल भएको थियो । विरोधका बाबजुद पनि बैठक अघि बढेपछि एमालेका सदस्यले प्रदेशसभा बहिष्कार गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रतिपक्षको बहिष्कारका बीच अर्थमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विनियोजन विधेयकलगायत विधेयक पारित गर्न राखेको प्रस्ताव बहुमतले पारित भएको हो । आफ्नो सरकारको पालामा ल्याएका विभिन्न योजनाको बजेट कटौती लगायतका विषयमा नेकपा एमालेले असहमति जनाउँदै आएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्