Shikhar Insurance
National Life

नयाँ अर्थमन्त्रीबारे सेयर बजार मौनः जलविद्यूतका कारण झिनो अंकले सुध्रियो नेप्से

सिंहदरबार संवाददाता
२०७८ असार ३०, बुधबार १६:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । नवनियुक्त अर्थमन्त्रीप्रति सेयर बजार मौन देखिएको छ । अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेको दिन नेप्से परिसूचकमा १.०१ अंकको झिनो सुधार आएको हो ।

नेप्से सामान्य बढेर २८७२.०५ अंकमा पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेप्से बढेपनि सेन्सिटिभ इन्डेक्समा ०.१४ अंकको गिरावट आएको छ । जलविद्युतबाहेक अन्य क्षेत्रमा ठूलो अंकको बढोत्तरी हुन नसक्दा नेप्से परिसूचकमा राम्रो अंकको सुधार हुन सकेन ।

कारोबार सुरू भएको आधा घन्टासम्म निरन्तर घटेर त्यसपछि सुधार आत्माथ गरेको नेप्से बुधबारको अधिकांश कारोबार अवधिभर २८७० अंकको आसपासमा रहेको थियो ।

नेप्सेमा सामान्य सुधार आउँदा बजारमा ५ अर्ब ६५ करोड रूपैयाँको सेयर किनबेच भए ।

आज बजारमा ८१ कम्पनीको सेयर मूल्य बढ्दा ८७ कम्पनीको सेयर मूल्य घटे ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्