Shikhar Insurance
National Life

विपक्षी गठबन्धनमा माधव नेपालले भनेः व्यवस्था जोगियो, अब पार्टी एकता जोगाउन लाग्छु

सिंहदरबार संवाददाता
२०७८ असार २८, सोमबार १९:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एमाले)का बरिष्ठ नेता माधव कुमार नेपालले व्यवस्था जोगिएकाले अब पार्टी एकता जोगाउन लागिपर्ने बताएका छन् ।
विपक्षी गठबन्धनको बैठकमा बरिष्ठ नेता नेपालले प्रतिनिधी सभा पुनस्थापनाका लागि हस्ताक्षर गरेर आफुले व्यवस्था जोगाएको बताएका हुन् ।

अब भने आफ्नै पार्टी एमालेको एकता जोगाउने र थप शसक्त बनाउने अभियानमा जुट्ने पनि नेता नेपालले स्पष्ट पारे । ‘हामीले ठूलो जोखिम मोलेर प्रतिनिधी सभा पुनस्थापित गराएका छौं, यसले सिंगो व्यवस्था जोगाएको छ, अब भने म आफ्नो पार्टी एमालेलाई जोगाउने अभियानमा लाग्छु’, बरिष्ठ नेता नेपालले भनेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्