Shikhar Insurance
National Life

नयाँ इतिहासः युनियन लाइफको आईपीओमा पौने २२ लाखको आवेदन, ११ मध्ये ३ जनाले पाउने

सिंहदरबार संवाददाता
२०७८ असार २८, सोमबार १९:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा करिब ६ गुणा बढी आवेदन परेको छ । कम्पनीको प्राथमिक निष्काशनमा चौथो तथा अन्तिम दिन ५.९१ गुणाले ओभर सब्स्क्राइब भएको हो ।

कम्पनीको ६४ लाख ५० हजार कित्तामध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर निष्काशन गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निष्काशनको अन्तिम दिन अपरान्ह ५ बजेसम्म २१ लाख ७२ हजार ८ सय ६८ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ३ अर्ब ४३ करोड ६१ लाख ८२ हजार रकम बराबरको ३ करोड ४३ लाख ६१ हजार ८ सय २० कित्ता सेयरको लागि आवेदन परेको छ । आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल हो ।

आवेदकको संख्या १० कित्ता पाउने ५ लाख ८५ हजार जनाभन्दा ३.७ गुणा बढी हो । अर्थात् हरेक ११ जना आवेदकमध्ये ३ जनाले १०–१० कित्ता सेयर पाउनेछन् ।

आस्बा अन्तरगतका बैंकहरुमा आस्बामार्फत थप विवरण अझै अपडेट हुने क्रममा छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्