Shikhar Insurance
National Life

नेपाल बंगलादेश बैंकद्वारा किसान कृषि लोन कार्ड हस्तान्तरण

सिंहदरबार संवाददाता
२०७८ असार २८, सोमबार १५:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बंगलादेश बैकले मकवानपुर जिल्लाको मकवानपुगढी गाँउपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको छ । नेपाल बंगलादेश बैंक, आर एन्ड डी इनोभेटिभ सोलुसन, मकवानपुरगढी गाँउपालिका र मकवानपुरगढी गाँउपालिका सहकारी समन्वय समिति बीच भएको चौ–पक्षीय सम्झौता अनुसार मकवानपुरगढीे गाँउपालिकाको अध्यक्ष विदुर हुमागाईंबाट किसान कृषि लोन कार्ड हस्तान्तरण गरी लगानीको सुरुवात गरिएको हो ।

यसबाट पहिलो चरणमा मकवानपुरगढी गाँउपालिका वडा नं. ३ का २५ जना कृषक लाभान्वित हुने बैंकले जनाएको छ । यस योजना अन्र्तगत बिनाधितो, एकैप्रकारको ब्यासाय गर्ने र एउटै क्षेत्रका किसानहरुलाई सहुलियतपूर्ण कृषि कर्जा प्रदान गरिनेछ । कृषकहरुले कर्जाको साथै त्यतिनै सीमा बराबरको क्यूआर कोड अंकित किसान कृषि लोन कार्ड बैंकबाट प्राप्त गर्नेछन् । उक्त कार्डबाट कृषकहरुले सामान खरीद गर्दा कार्डको क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नगद रहित विद्युतिय भुक्तानी प्रणालीलाई प्रवर्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्य सहित नेपाल बङ्गलादेश बैंकले सीमान्तकृत ग्रामीण भेगका कृषकहरुलाई पनि समेटेर यो योजना ल्याएको बैंकले जनाएको छ । बैंकले पहिलो चरणमा पाइलट प्रोजेक्जको रुपमा मकवानपुरगढीे गाँउपालिकाबाट शुरु गरी नेपाल अधिराज्यभरीनै यस किसिमको कर्जा बिस्तारित गर्दै ग्रामिण भेगका कृषकहरुलाई बिद्युतिय माध्यमबाट बैंकिङ कारोबार गर्न प्रोत्साहन गर्नुका साथै कृषकहरुको जीवनस्तर उकास्न सहयोग गर्ने पनि जानकारी गराएको छ ।

बैंकले ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्