Shikhar Insurance
National Life

युनियन लाइफको आईपीओमा तेस्रो दिनसम्म साढे ४ गुणा बढी आवेदन

सिंहदरबार संवाददाता
२०७८ असार २७, आईतवार १८:५०
Hyundai
NCELL
NIMB

काठमाडौं । असार २४ गतेबाट निष्काशन भएको युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक निष्काशनमा तेश्रो दिन ४.५६ गुणाले ओभर सब्सक्राइब भएको छ । ६४ लाख ५० हजार कित्तामध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर निष्काशन गरिएकोमा निष्काशनको तेश्रो दिन अपरान्ह ५ः२० बजेसम्म १८ लाख ३५ हजार ६ सय ५६ जना सर्वसाधारण लगानीकर्ताबाट २ अर्ब ९४ करोड ६३ लाख ४९ हजार रकम बराबरको २ करोड ९४ लाख ६३ हजार ४ सय ९० कित्ता सेयरको लागि आवेदन परेको छ ।

यो आईपीओको निष्काशन तथा बिक्री प्रबन्धकको कार्य प्रभु क्यापिटल लिमिटेडले गरेको हो । यो आइपिओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम ३२ हजार २ सय ५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । यो आईपीओमा भोलिसम्म आवेदन दिन सकिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्