Shikhar Insurance
National Life

१ सय ७८ कम्पनीको मूल्य बढ्दा नेप्से परिसूचकमा ७४ अंकको बढोत्तरी, ८ अर्बको सेयर कारोबार

सिंहदरबार संवाददाता
२०७८ असार २७, आईतवार १५:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । निरन्तर निरूत्साहित हुँदै आएको सेयर बजारमा आइतबार भारी सुधार आएको छ । नेप्से परिसूचक ७४.७१ अंकले बढेर २८९९.८२ अंकमा पुगेको हो ।

गत बिहीबार पनि सेयर बजार सामान्य बढेर बन्द भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बजारमा कारोबारमा आएका १ सय ७८ कम्पनीको सेयर मूल्य बढेका छन् भने ४ कम्पनीको मात्र सेयर मूल्य घटेका छन् ।

कारोबार सुरू भएदेखि नै उकालो ग्राफ देखिएको सेयर बजारमा सामान्यबाहेक अन्तिमसम्मै त्यसले निन्तरता भएको थियो ।

नेप्से बढेको दिन लगानीकर्तामा पनि उत्साह थपिएको छ । बनारमा ३ करोड १५ लाख कित्ता सेयर ८ अर्ब ६ करोडमा किनबेच भएको छ । यसअघि कारोरबार रकम ४ अर्बभन्दा तल झरेको थियो ।

नेप्से बढेको दिन २२ वटा कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढे जसमध्ये विकास बैंक र वित्त कम्पनीको सेयरमा लगानीकर्ताको विशेष आकर्षण देखिएको छ । १० प्रतिशतको हाराहारीमा कमाउनेमा अधिकांश यिनै समूहका कम्पनीका लगानीकर्ता छन् ।

बजारमा सबैभन्दा बढी कारोबार एनआईसी एशिया बैंकको सेयरको भएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्