Shikhar Insurance
National Life

वाग्मती समाचारः किसान क्रेडिट कार्ड वितरण शुरु

सिंहदरबार संवाददाता
२०७८ असार २७, आईतवार १५:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले किसानलाई लक्ष गरी ‘किसान क्रेडिट कार्ड’ वितरण शुरुआत गरेको छ । साना तथा सीमान्तकृत किसानमाझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखिएको छ ।

यसरी पहुँच कम पुगेका साना किसानका लागि विनाधितो न्यूनतम ब्याजमा पाँच वर्षका लागि क्रेडिट कार्डमार्फत पशुपालन र कृषि व्यवसायका लागि रु दुई लाख प्रदान गरिने जनाइएको छ । सहकारीको व्यवस्थापन र समूह जमानतमा विभिन्न वित्तीय संस्थामार्फत ऋण प्राप्त गर्ने गाउँपालिकाको योजना छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल बङ्गलादेश बैंक लिमिटेड, आरएण्डी इनोभेटिभ सोलुशन प्रालि, मकवानपुरगढी र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच भएको चौपक्षीय सम्झौतानुसार किसान कार्ड लिएका किसानले न्यूनतम ब्याजमा रु दुई लाख प्राप्त गर्न सक्नेछन् ।

पहिलो चरणमा आठ महिला र १७ पुरुष किसानलाई किसान कार्डमार्फत सो रकम प्रदान गरिने छ । तिनले विनाधितो सहुलियत ब्याज दरमा कृषि कर्जा पाउने छन् । गाउँपालिकाभित्र किसानको सङ्ख्या ८०० पुर्‍याइने लक्ष्य गाउँपालिकाको छ ।

सार्वजनिक पुस्तकालय स्थापना

जिल्लाका विभिन्न तीन स्थानमा सार्वजनिक पुस्तकालय स्थापना गरिएको छ । पठन संस्कृतिको विकास गर्न पुस्तकालय अभियान समूह मकवानपुरको अग्रसरता तथा सहयोगमा मकवानपुरको बकैया गाउँपालिका–४ मा बकैया , हेटौँडा– ७ नागस्वतीमा समृद्ध पुस्तकालय र हेटाँंैडा–६ मा शान्ति पुस्तकालय स्थापना भएको हो ।

स्थानीय टोल विकास संस्थाले सञ्चालन तथा व्यवस्थापन गर्ने गरी एक महिनाको अवधिमा तिनै स्थानमा पुस्तकालय स्थापना गरिएको छ । पुस्तकालय अभियान समूहको अग्रसरता तथा सहयोगमा तीन वटा पुस्तकालय स्थापना भएका छन् ।

यसैबीच सबैभन्दा पछिल्लो पटक बकैया गाउँपालिका–४ मा बकैयामा पुस्तकालय स्थापना गरिएको छ । पुस्तकालय अभियान समूहले बकैया सार्वजनिक पुस्तकालय स्थापनाका लागि रु ५० हजार बराबरका १५१ थान पुस्तक हस्तान्तरण गरेको हो ।

पुस्तकालय अभियान समूहका सदस्य नरेन्द्र भण्डारी र बकैया सार्वजनिक पुस्तकालयका सदस्य गोविन्द चौलागाईंबीच हस्तान्तरणको कागजात आदानप्रदान गरिएको छ । बकैया सार्वजनिक पुस्तकालयका लागि किशोर पराजुली, श्याम मुडभरी, गोविन्द चौलागार्इं, दीपक गौतम, सुवास खड्का, शरण बानियाँ, हरेराम आचार्य, किशोरकुमार दङ्गाल, एसके निधन र राम मङ्ग्रातीले जनही रु पाँच हजारका दरले योगदान गरेका छन् ।

प्रदेश सरकारलाई अक्सिजन सिलिण्डर सहयोग

वाग्मती प्रदेशभित्रका कोभिड–१९ सङ्क्रमित बिरामीको उपचारमा सघाउ पुर्‍याउने उद्देश्यले एसटिसी गुप्रले प्रदेश सरकारलाई दुई सय थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अक्सिजन सिलिण्डर र दुई सय थान रेगुलेटर उपलब्ध गराएको गु्रपका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेतीले जानकारी दिए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्