Shikhar Insurance
National Life

निजी लगानी निरुत्साहित गर्दै चीन, निसानामा टेक कम्पनी

सिंहदरबार संवाददाता
२०७८ असार २५, शुक्रबार २१:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । चीनले विस्तारै निजी लगानीलाई निरुत्साहित पार्न थालेको छ । चीनले निजी लगानीलाई निरुत्साहित गरिरहेको पछिल्लो उदाहरण हो डीडी ग्लोबल । व्यक्तिगत जानकारी जटाउँदै उपयोग गरेको गम्भिर आरोपमा चीन सरकारले डीडी ग्लोबलको साइबर सुरक्षाको समिक्षा गर्न आदेश दिएको छ ।

अमेरिकामा आईपीओ निष्काशन गरेको केहि दिनपछि नै चीनले आफ्नै देशको कम्पनीमाथि साइबर जाँचको आदेश दिएको हो ।
अलिबाबाको सहायक कम्पनी एंट फाइनान्स कम्पनीलाई पनि रेकर्ड कायम गर्ने आईपीओ निष्काशन रोक्ने आदेश गत नोभेम्बरमा दिईएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अब डीडी ग्लोबल पनि छानविनको दायरामा आएको छ । केहि विश्लेषकहरुका अनुसार यो जाँचबाट चीनले आफ्नो औद्योगीक क्षेत्रमा नियन्त्रण गर्ने कोशिष थालेको बताएका छन् । र आफ्ना देशका कम्पनीहरु विदेशमा सूचिकृत भएको प्रति चीन खुसी नरहेको सन्देश पनि हो ।

सरकारी नजर
बेइजिङस्थित बिजनेश म्यागेजिन कैक्सिनको जुलाई २ मा प्रकाशित रिपोर्ट अनुसार चीनका साइबर वाचडग, साइबरस्पेश एडमिनिष्ट्रेशन अफ चाइन(सीएसी)ले २ जुलाईमा डीडी ग्लोबलको साइबर सुरक्षा समिक्षा घोषणा गरेको थियो । सीएसीको नोटिस अनुसार डीडी ग्लोबलको एप डीडी चक्सिङमा समिक्षा समाप्त नहुँदासम्म नयाँ रजिष्ट्रेशन रोक लगाइएको छ ।

जुलाई ४ मा सीएसीले बिभिन्न उजुरीहरुमा डीडीले गोपनिय व्यक्तिगत सूचना लिएर उपयोग गरि कानुन उल्लंघन गरेको आरोप लागेको बताएको छ ।

के हो डीडी कैब्स प्रकरण ?
डीडी ग्लोबलले जुन ३० मा न्युयोर्क स्टकएक्सचेञ्जमा आईपीओ ल्याएर ४.४ अर्ब डलर जुटाएको थियो । त्यसको तत्कालै कम्पनीमाथि चीनियाँ सरकारी निकायले कारवाही गरेको हो ।

२०१४ मा ईकमर्श अलिबाबा ग्रुप होल्डिङ लिमिटेडपछि कुनै चिनियाँ कम्पनीको अमेरिकामा यो सबै भन्दा ठूलो सूचिकरण हो । २०१२ मा सुरु भएको डीडी १६ देशमा ४ हजार ठाउँमा काम गथ्र्याे । २०१९ मा डीडी संसारका ५५ करोड भन्दा बढी प्रयोगकर्ता भएको एप थियो । जसमध्ये अधिकांश चिनियाँ नै थिए । चीनमा अनलाइन कैब कम्पनीहरुमध्ये डीडीको हिस्सा ८० प्रतिशत छ ।

चीनमा समाजिक सञ्जालमा आएका केहि पोष्ट अनुसार डीडीले केहि चिनियाँ नागरिकहरुको व्यक्तिगत विवरण अमेरिकालाई बुझाएको छ । त्यस लगत्तै चीनले कम्पनीमाथि छानविन थालेको हो । यो कारवाहीले चीनमा तेज रफ्तारले अघि बढिरहेको टेक्नोलोजी क्षेत्रमा डीडी र अन्य प्रमुख कम्पनीमाथि लगाम लगाउने सरकारी अभियानको हिस्सा भएको बताइन्छ । जसले अनियन्त्रित तथा स्वतन्त्र व्यापार नीतिका कारण छानविनमा आएका हुन् ।

मे १ मा सरकारले नौ वटा मर्जर र एक्विजिशन सम्झौतामा एन्टी मोनोपोली नियम उल्लंघन गरेको भन्दै डीडीसहित ११ कम्पनीलाई जरिवाना गरेको थियो । ति कम्पनीहरुले नियामकको अनुमति बिनै मर्जर तथा एक्विजिशनको प्रक्रिया सम्पन्न गरेका थिए । फेरी जुन १० मा चीनले नयाँ डेटा सुरक्षा कानुन पारित गरेको थियो जसले कम्पनीलाई डेटा जुटाउने, राख्ने र त्यसको उपयोगका मापदण्ड तय गरेको थियो । डीडीले जाँचमा सहयोग गर्ने बताएको छ । अमेरिकालाई तथ्यांक दिने कुनै सम्भावना पनि नभएको कम्पनीले दावी गर्दै आएको छ ।

अन्य कम्पनीहरु पनि निशानामा
४ जुलाईमा छापिएको खरब अनुसार कुनै पनि इन्टरनेट दिग्गजसँग चिनियाँ नागरिकको व्यक्तिगत जानकारीको सुपर डेटाबेस बनाउने अनुमति दिन सकिने छैन्। २ जुर्लामा डीडीसहित ३४ चिनियाँ अनलाइन प्लेटर्फका विरुद्ध १३ अप्रिलमा एक सरकारी एन्टी मोनोपोली जाँचको प्रभाव देखिएको थियो ।

रोयटर्सका अनाुसार १७ जुनमा डीडीको जाँच गर्ने भनिएको थियो कीन की उसले साना प्रतिष्पर्धीहरुलाई भगाउन प्रतिष्पर्धा बिरोधी कदम चालेको थियो ।

अगाडी के होला ?
चीनले औद्योगीक क्षेत्रमाथि आफ्नो नियन्त्रणका लागि कडा नियमन बनाउनेछ । अमेरिकामा सूचिकृत भएका युनमैनमै, हुओचेबैंङ र जिपिन जस्ता कम्पनीहरुमाथि जुलाई ५ देखि छानविन गर्ने घोषणा गरिएको छ । यी कम्पनीहरुले चिनियाँ नागरिकहरुको व्यक्तिगत विवरण अमेरिका लगेको र चिनको राष्ट्रिय सुरक्षामा चुनौती थपेको आरोप लगाइएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्