Shikhar Insurance
National Life

बाढीपहिरो प्रकोपका कारण निर्जीवन बीमा कम्पनीलाई थपियो २ अर्बको भार

सिंहदरबार संवाददाता
२०७८ असार २५, शुक्रबार २०:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । देशभर आएकी बाढी पहिरोबाट भएको भौतिक क्षतीवात २० वटा बीमा कम्पनीमा १ अर्ब ९२ करोड रूपैयाँ मागदाबी गरिएको छ । वर्षा सुरू भएदेखि असार २३ गतेसम्म ३ सय ३१ वटा बीमाको मागदाबी भएको हो ।

सम्पत्ति बीमा, मोटर बीमा, कृषि तथा पशुपन्छी बीमा, इन्जिनियरिङ बीमा र विविध बीमाको मागदाबी भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जसमध्ये सबैभन्दा इन्जिनियरिङ बीमाको मागदाबी गरेको छ । जसमध्ये १ सय ७ वटा निर्माणाधीन आयोजनाको ९० करोड ७ लाख, ८ वटा निर्माण सम्पन्न आयोजनाको ११ करोड ७० लाख, १८ वटा हेभी इक्विपमेन्टको ८ करोड ८४ लाख र अन्य ६ बीमाको १ करोड ५३ लाखको माग दाबी परेको हो ।

यसैगरी १ सय ४१ वटा कम्पनी बीमाको ६९ करोड ३६ लाख रूपैयाँ मागदाबी भएको छ भने ३३ वटा मोटर बीमाको ४ करोड ७५ लाख, ५ वटा सामुद्रिक बीमाको १९ लाख, ६ वटा कृषि बीमाको १ करोड ६२ लाख, ५ वटा पशुपन्छी बीमाको २ करोड ३८ लाख र विविधतर्फ २ बीमाको १ करोड ५५ लाख मागदाबी परेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्