Shikhar Insurance
National Life

नबिल बैंकको सबै बैंकिङ सेवा बन्द, कहिले खुल्छ ?

सिंहदरबार संवाददाता
२०७८ असार २५, शुक्रबार २०:११
Hyundai
NCELL
NIMB

काठमाडौं । नबिल बैंकको सबै सेवा २ दिन बन्द भएको छ । बैंकले युनाइटेड फाइनान्सलाई प्राप्त गरी एकीकृत कारोबार सुरू गर्नु अघि सेवा बन्द गरिएको छ ।

दुई वित्तीय स‌ंस्थाबीच सिस्टम इन्टिग्रेसन गर्नका लागि बैंकको सेवा शुक्रबार सँझ ४ बजेदेखि बन्द भएको हो । दुई संस्था एक भइ एकीकृत कारोबार सुरू आइतबार बिहान ९ बजे हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दुई संस्थाको तथ्यांकलाई एकल बैंकिङ सफ्टवेयरमा समायोजन (डेटा माइग्रेसन) गर्ने प्रयोजनका लागि सेवा बन्द भएको हो ।

बैंकका कार्ड सेवालगाय एटीएम मेसिन, भिसा मास्टर-कार्ड-एसटीसी नेटवर्कमा समेत अवरूद्ध हुनेछ । तर, क्रेडिट कार्ड, प्रिपेड कार्ड, र पेमेन्ट गेटवे तथा पीओएस सर्भिस भने सञ्चालनमा रहेनछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्