Shikhar Insurance
National Life

चार वर्षभित्र नेपालको पुँजी बजारलाई एउटा उचाईमा पुर्याउँछौं-अध्यक्ष ढुंगाना

सिंहदरबार संवाददाता
२०७८ असार २५, शुक्रबार १८:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले आगामी चार वर्षभित्र नेपालको पुँजी बजारलाई निश्चित उचाईमा पुर्याउने बताएका छन् । बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्न आयोजना गरेको कार्यक्रममा उनले चार वर्षभित्र बजारलाई निश्चित उचाईमा पुर्याईसक्ने बताएका हुन् । आफुले चार वर्षे योजना बनाएको र १६१ बुँदे एजेण्डा मार्फत बजारको सुधार गर्ने बताएका हुन् । ‘१६१ बुँदे एजेण्डासहित काम गरिरहेका छौं, चार वर्षभित्र पुँजी बजारले निश्चित उचाई प्राप्त गर्नेछ’, अध्यक्ष ढुंगानाले भने ।

उनले क–कसलाई ब्रोकर लाइसेन्स दिने हो भन्नेबारे अध्ययन गरिरहेको पनि बताएका छन् । ‘प्रदेशमा ब्रोकरलाई लाइसेन्स दिने, संस्थागत ब्रोकर कसरी बनाउने ? बैंकका सहायक कम्पनीलाई कसरी ब्रोकर लाइसेन्स दिन सकिन्छ भनेर अध्ययन गरिरहेका छौं । ’, अध्यक्ष ढुंगानाले भने ।
अध्यक्ष ढुंगानाले बोर्ड नियामक निकाय भएकाले सूचिकृत सबै कम्पनीको उचित नियमन गर्ने पनि स्पष्ट पारे । उनले आगामी आर्थिक वर्षलाई रणनीतिक वर्षका रुपमा महत्वपूर्ण काम गर्ने पनि बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्