Shikhar Insurance
National Life

बोर्डलाई लगानीकर्ताको प्रश्नः तपाईंको दायित्व हामीलाई सुसूचित गर्ने कि तर्साउने ?

सिंहदरबार संवाददाता
२०७८ असार २५, शुक्रबार १८:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डलाई बोर्डको दायित्व आफूहरुलाई तर्साउने नभएर सुसूचित गराउने रहेको ध्यानाकर्षण गराएका छन् । बोर्डले आयोजना गरेको कार्यक्रममा बोल्दै लगानीकर्ताले यस्तो बताएका हुन् ।

आव २०७८/७९ को बोर्डको नीति तथा कार्यक्रममा सुझाव दिँदै सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले बोर्डले लगानीकर्ताको लगानी सुरक्षित गर्नतर्फ सोच्नुपर्ने बताए । उनले भने, “तपाईंकहरुको दायित्व हामीलाई नतर्साउनु हो ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

अर्यालले कम्पनी मर्ज तथा एक्वायर हुँदा कारोबार रोक्का सकेसम्म गरिनु नहुने बताए । पुँजीबजार अब सानो बजार नरहेको बताउँदै उनले ब्रोकरको संख्या थप्नुपर्ने तथा बैंकका सहायक कम्पनीलाई ब्रोकरको लाइसेन्स दिइनुपर्ने माग गरे ।

सेयर बजारको हालको इन्डेक्स गणना नमिलेको उनको भनाइ छ । “संस्थापक सेयरलाई पनि साधारण सेयरकै दरमा हिसाब गरिएको छ । बजारमा आधा सेयर बैंकका छन् र राम्रा तथा स्वस्थ व्यवसाय गरेका बैंकको मूल्य ३–४ सय हुँदा परिसूचक उच्च देखिन्छ । सेयर बजार साँच्चै बढेको हो त ?” अर्यालले हकप्रद सेयर जारी गर्न रोक्नु नहुने तर्क पनि गरे ।

यस्तै नेपाल इन्भेस्टर्स फोरमा अध्यक्ष छोटलाल रौनियारले मन खालेर बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिन आग्रह गरे । “दैनिक ५० करोड कारोबार हुँदा ५० वटा ब्रोकर थिए । अहिले कारोबार २० अर्बसम्म पुगेको छ, आफैं सोच्नुस् कतिको संख्यामा चाहिएला,” रौनियारको भनाइ छ ।

उनका अनुसार १–१ लगानीकर्ताको यो माग छ । रोनियारले कारोबार शूल्क अझै घटाउन पनि माग गरे ।

पाँच वर्ष अघि उच्च बिन्दु समातेको समयसँग तुलना गर्दै रौनियारले बैंकको मूलय अझैं घटेको तर नेप्से परिसूचक बढ्नुले इन्डेक्स हिसाबकिताब नमिलेको संकेत गरेको बताए । यसअर्थमा सेयर बढेर बबल सिर्जना भएको कुरामा सत्यता नभएको उनको तर्क छ । “१०–१२ कम्पनीले गर्दा नेप्से परिसूचक बढेको देखिएको हो,” रौनियारले थपे, “खासमा बजार त बढेकै होइन ।”

अर्का लगानीकर्ता हरि ढकालले पुँजी बजारमा अपनाइएको प्रविध थप परिस्कृत बनाइनुपर्ने तथा नियामकहरुबीच तालमेलको आवश्यकता औंल्याए ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्