Shikhar Insurance
National Life

विश्व बैंकबाट थप १२ अर्ब ऋण लिँदै नेपाल, केमा हुँदैछ खर्च ?

सिंहदरबार संवाददाता
२०७८ असार २५, शुक्रबार १६:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । विश्व बैंकले नेपाललाई थप १० करोड (करिब १२ अर्ब) अमेरिकी डलरबराबरको ऋण दिने भएको छ । विश्व बैंक सञ्चालक समितिले शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि ५–५ करोड डलरको वित्तीय सहायता दिने निर्णय गरेको हो ।

यो सहायता रकम विद्यालय क्षेत्र विकास कार्यक्रम तथा स्वास्थ्य क्षेत्रमा सार्वजनिक स्रोत व्यवस्था प्रणालीलाई सुधारमा खर्च हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बालबालिकाको स्कुल छोड्ने क्रम घटाउने लक्ष्य विद्यालय क्षेत्र विकास कार्यक्रमको छ । यस्तै स्वास्थ्य क्षेत्रमा दिइएको सहयोगले कोभिड-१९ महामारीको अवस्थामा जटिल रहेको नेपालको स्वास्थ्य प्रणालीलाई सहयोग पुर्‍याउने लक्ष्य राखिएको छ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्