Shikhar Insurance
National Life

हिमालयन रिईन्स्योरेन्स विरुद्ध पाँच विद्यार्थी संगठनले अख्तियारमा हाले उजुरी

सिंहदरबार संवाददाता
२०७८ असार २४, बिहीबार १९:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको लाइसेन्स प्रकरणबारे विपक्षी गठबन्धन आवद्ध पाँच विद्यार्थी संगठनहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन् । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, एमाले माधव नेपाल समुह निकट अनेरास्ववियु, जनता समाजवादी निकट समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंले हिमालयन रिइन्स्योरेन्सको लाइसेन्स रद्ध गरि सो प्रकरणमा संलग्नहरुमाथि आवश्यक छानविन र कारवाहीको माग गरि अख्तियारमा उजुरी हालेका हुन् ।
पाँचै विद्यार्थी संगठनको नेतृत्वले बिहिबार अख्तियार पुगेर उजुरी हालेको हो ।

अख्तियारमा विपक्षी गठबन्धन आवद्ध विद्यार्थी संगठनहरुले उजुरीमा निषेधाज्ञाको समयमा आवेदन खुला गरिएको, पहिले नै हिमालयन रिलाई नै लाइसेन्स दिने गरि छनौटका मापदण्डहरु तय गरिएको, एक अर्ब भन्दा बढी आर्थिक चलखेल गरेको लगायतका आरोप उजुरीपत्रमा लगाएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हिमालयन रिइन्स्योरेन्स विरुद्ध यस अघि नै दुई वटा उजुरी अख्तियारमा परिसकेका छन् । कम्पनीले आसयपत्र लिएर ७ अर्ब रुपैयाँ लगानी वापतको रकम बैंकमा जम्मा गरेर बीमा समितिको नाममा ‘एयरमार्क’ समेत गरिसकेको छ । असार भित्रै कार्यालय उद्घाटन गरेर सेवा आरम्भ गर्ने अन्तिम तयारीमा कम्पनी पुगिसकेको छ । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा कम्पनीको सञ्चालक समिति अध्यक्ष छन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्