Shikhar Insurance
National Life

१० लाख डोज खोप लिन वाइडबडी बेइजिङ प्रस्थान, भोलि काठमाडौं आइपुग्ने

सिंहदरबार संवाददाता
२०७८ असार २४, बिहीबार १७:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । कोरोनाविरुद्ध चिनियाँ खोप लिन नेपाल वायुसेवा निगमको बाइडबडी चीन उडेको छ । ए ३३० जहाज बिहीबार दिउँसो साढे २ बजे चीन उडेको निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल ‘प्रकाश’ले जानकारी दिए ।

पौडेलका अनुसार बिमान राती साढे ११ बजे चीन पुग्नेछ । १० लाख डोज खोप बोकेर वाइडबढी शुक्रबार दिउँसो काठमाडौं आइपुग्नेछ । निगमको जहाजले साउन ८ गतेसम्म तीनपटक गरेर ३० लाख डोज खोप नेपाल ल्याउनेछ । दोस्रो उडान असार ३१ गते र तेस्रो उडान साउन ७ गते हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्