Shikhar Insurance
National Life

युनियन लाइफको आईपीओमा पहिलो दिनमै ४ लाख ६१ हजार बढी आवेदन

सिंहदरबार संवाददाता
२०७८ असार २४, बिहीबार १७:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा पहिलो दिनमै ४ लाख ६१ हजार ३ सय ५६ वटा आवेदन परेको छ ।
सीडीएसका अनुसार युनियनको आइपीओमा पहिलो दिनमौ ८२ लाख ४७ हजार ८ सय ८० कित्ताका लागि ८२ करोड ४७ लाख ८८ हजार बराबरको आवेदन परेको हो ।

कम्पनीले असार २४ गते अर्थात आजबाट ६४ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओमा आवेदन खुला गरेको थियो । युनियनको आइपीओमा असार २८ गतेसम्म आवेदन दिन सकिन्छ । कम्पनीको सेयर बाँडफाँड असारभित्रै बाँडफाँड हुने बताएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल धितोपत्र बोर्डले युनियनलाई ६४ करोड ५० लाख रुपैयाँ मूल्यको ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने अनुमति दिएको थियो । २ अर्ब १५ करोड रुपैयाँ जारी पुँजी रहेको कम्पनीले ३० प्रतिशत सेयर आईपीओका रुपमा जारी गरेको हो ।

सर्वसाधारण लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ३२ हजार २ सय ५० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । ६४ लाख ५० हजार कित्तामध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामुहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ५८ करोड ५ लाख रुपैयाँको सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् ।

१०–१० कित्ताका दरले बाँडफाँड गर्दा कम्पनीको आईपीओ ५ लाख ८५ हजार जनाले पाउनेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल हो । युनियनले आइपिओ निष्काशनका लागि ‘इक्राएनपी आइआर ट्रिपल बि’ रेटिङ प्राप्त गरेको छ । यो रेटिङले कम्पनीको प्राथमिक सेयरमा गरिएको लगानी मध्यम किसिमको सुरक्षा रहेको संकेत गर्छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्