Shikhar Insurance
National Life

युनियन लाइफको ६४ करोड ५० लाखको आईपीओमा आवेदन खुल्यो

सिंहदरबार संवाददाता
२०७८ असार २४, बिहीबार ०९:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको ६४ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओमा आवेदन खुलेको छ । असार २४ देखि अर्थात आजबाट खुलेको आइपीओमा असार २८ गतेसम्म आवेदन दिन पाइन्छ ।

कम्पनीको सेयर बाँडफाँड असारभित्रै बाँडफाँड हुने बताएको छ । नेपाल धितोपत्र बोर्डले युनियनलाई ६४ करोड ५० लाख रुपैयाँ मूल्यको ६४ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने अनुमति दिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

२ अर्ब १५ करोड रुपैयाँ जारी पुँजी रहेको कम्पनीले ३० प्रतिशत सेयर आईपीओका रुपमा जारी गर्न लागेको हो ।

सर्वसाधारण लगानीकर्ताले न्युनतम १० कित्ता र अधिकतम ३२ हजार २ सय ५० कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् । ६४ लाख ५० हजार कित्तामध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामुहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ५८ करोड ५ लाख रुपैयाँको सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् ।

१०–१० कित्ताका दरले बाँडफाँड गर्दा कम्पनीको आईपीओ ५ लाख ८५ हजार जनाले पाउनेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल हो । युनियनले आइपिओ निष्काशनका लागि ‘इक्राएनपी आइआर ट्रिपल बि’ रेटिङ प्राप्त गरेको छ । यो रेटिङले कम्पनीको प्राथमिक सेयरमा गरिएको लगानी मध्यम किसिमको सुरक्षा रहेको संकेत गर्छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्