काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ५२.३६ अंकले बढेर २६६५ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
बुधबार ३२२ कम्पनीको १ करोड ७६ लाख ९२ हजार ८ सय १९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २० करोड ३० लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने अघिल्लो दिन ६ अर्ब १९ करोड बढीको कारोबार भएको थियो ।
बुधबार १९६ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
बुधबार एनआरएन इन्फ्राइष्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६१ करोड ३६ लाख बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार २ सय ७.८० रुपैयाँ पुगेको छ ।
बुधबार कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावर कम्पनीको सेयर मूलयमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयर मूलय ८.२१ अंकले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्