Shikhar Insurance
National Life

धनगढी उपमहानगरद्वारा १७ करोड राजस्व सङ्कलन

सिंहदरबार संवाददाता
२०८१ माघ ९, बुधबार १४:३१
Hyundai
NCELL
NIMB

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकाले १७ करोड एक लाख दुई हजार ७२ राजस्व सङ्कलन गरेको छ । उपमहानगरले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा विभिन्न शीर्षकमा उक्त राजस्व सङ्कलन गरेको हो ।

सो अवधिमा सम्पत्ति करबाट रु एक करोड ९२ लाख ६७ हजार, भूमिकर/मालपोतबाट रु एक करोड २३ लाख ६८ हजार, बहालकरबाट ३ करोड ५२ लाख ८३ हजार, अन्य राजस्वबाट रु तीन करोड ५२ लाख १२ हजार, व्यवसाय करबाट रु दुई करोड ७९ लाख ७९ हजार र नक्सापास दस्तुरबाट रु एक करोड ६५ लाख ४८ हजार राजस्व सङ्कलन गरेको उपमहानगरका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार सिफारिस दस्तुरबाट ८३ लाख ५६ हजार, सरकारी सम्पत्तिको बहालबाट ४६ लाख ८३ हजार, प्रशासनिक दण्ड जरिवाना र जफतबाट ८ लाख ६१ हजार, बेरुजुबापत रु १३ लाख ४२ हजार र अन्य प्रशासनिक सेवा शुल्कबाट १३ लाख १३ हजार राजस्व सङ्कलन भएको हो ।

व्यक्तिगत घटना दर्ताबाट सात लाख सात हजार, परीक्षा शुल्कबाट रु सात लाख १६ हजार, अन्य सामग्री बिक्रीबाट दुई लाख ३४ हजार, नाता प्रमाणित दस्तुरबाट २ लाख नौ हजार, शिक्षा क्षेत्रको आम्दानीबाट १ लाख ७९ हजार, न्यायिक दस्तुरबाट रु दुई हजार र बाँकी रकम अन्य दस्तुर शीर्षकबाट सङ्कलन भएको उनले जानकारी दिए ।

राजस्व शाखा प्रमुख ओझाका अनुसार गत आवको तुलनामा चालु आवको सोही अवधिमा राजस्व सङ्कलनमा वृद्धि भएको छ । गत आवको सो अवधिको तुलनामा चालु आवमा रु ९५ लाख सात हजार आठ सय ७९ ले बढी राजस्व सङ्कलन भएको उनले बताए ।

उपमहानगरले गत आवको छ महिनामा रु १६ करोड पाँच लाख ९४ हजार राजस्व सङ्कलन गरेको ओझाले जानकारी दिए । राजस्व सङ्कलनमा कडाइ हुनुका साथै करका दायरा फराकिलो हुँदै जाँदा राजस्व सङ्कलन वृद्धि भएको उनको भनाइ थियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्