काठमाडौं । साताको चौथो कारोबार दिन सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँमा खरिद बिक्री भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार १ रुपैयाँमा खरिद बिक्री भएको थियो ।
साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँमा खरिद बिक्री भएको छ ।
प्रतिक्रिया दिनुहोस्