Shikhar Insurance
National Life

विद्युत महशुल बुझाउन सरकारसँगको मिलेमतोमा सिमेन्टको मूल्य वृद्धि भयो : सांसद श्रेष्ठ

सिंहदरबार संवाददाता
२०८१ माघ ८, मंगलवार १६:४८
Hyundai
NCELL
NIMB

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद कृष्णकुमार श्रेष्ठले सरकारको समेत मिलेमतोमा सिमेन्ट उद्योगीहरुले सिमेन्टमा दोब्बर मूल्य बढाएको आरोप लगाएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले यस्तो बताएका हुन् ।

उनले ट्रंक लाइन र डेडिकेटेड लाइनको विद्युत महशुल बुझाउनको लागि सरकारसँगको मिलेमतोमा बोरामा दोब्बर मूल्य वृद्धि गरेर उपभोक्तालाई मारमा उद्योगीहरुले पारेको बताए । उनले सिमेन्ट उद्योगीहरुले काट्रेलिङ गरेर ४५० रुपैयाँ बोरा रहेको सिमेन्ट अहिले ८५० सम्म पुर्‍याएको उल्लेख गरे । उनले सिमेन्टको मूल्य नियन्त्रणको लागि समितिले आवश्यक निर्देशन दिन आवश्यक रहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाली काँग्रेसका सांसद रमेश रिजालले सामाजिक सञ्जालमा विज्ञापन गरेको आधारमा व्यापार गर्न पाउने गरी विद्युत व्यापार विधेयक ल्याउन नहुने बताए । उनले विद्युत विधेयकमा अनलाइन व्यापार गर्नको लागि व्यवसायीले अनलाइन पोटल दर्ता गरेको हुनुपर्ने जानकारी दिए । उनले अरुले दर्ता गरेको फेसबुक,टिकटक लगायत सामाजिक सञ्जालमा राखेर अनलाइन व्यापार गर्न नपाउने व्यवस्था गर्न आवश्यक रहेको बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले विद्युत व्यापार विधेयक साना तथा मझौला व्यवसायीहरुलाई जोगाउने गरी ल्याउनुपर्नेमा जोड दिए । उनले साना र मझौला व्यवसायीहरुलाई जोगाउन सकिन भने सिन्डिकेट कायम रहने बताए ।

उनले सिमेन्टको मूल्य वृद्धि नियन्त्रणको लागि तत्काल समितिले निर्देशन दिनुपर्ने बताए । उनले उद्योगी व्यवसायीहरुले उपभोक्ताहरुलाई ठगी गर्ने काम गरेको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्