काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.०८ अंकले बढेर २६१३.०८ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
मंगलबार ३११ कम्पनीको १ करोड १६ लाख २६ हजार २० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १९ करोड १ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने अघिल्लो दिन ६ अर्ब ५७ करोड ४ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार १०६ कम्पनीको सेयर मूल्य बढ्दा १२९ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
मंगलबार सीईडिबि होल्डिङ्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २३ करोड ७६ लाख बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार ७ सय ७५ रुपैयाँ पुगेको छ ।
मंगलबार मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने रिभर फल्स पावर कम्पनीको सेयर मूल्य ८.९६ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्