Shikhar Insurance
National Life

राजनीतिक स्थायित्व र विकासका लागि गठबन्धन : नेता कोइराला

सिंहदरबार संवाददाता
२०८१ माघ ८, मंगलवार १४:३५
Hyundai
NCELL
NIMB

चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले देशलाई स्थिरता र विकास दिनका लागि अहिलेको सरकार बनेको बताएका छन् । दुई ठूला दल मिलेर बनेको सरकारले देशमा राजनीतिक स्थिरतासँगै विकास निर्माणमा जोड दिने उनले विश्वास व्यक्त गरे ।

आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले दुई ठूला दलको नेतृत्वमा बनेको सरकारले राजनैतिक स्थायित्वसँगै विकास निर्माणका लागि काम गर्नुपर्ने बताए । उनले भने ‘अहिले नै सरकार परिवर्तन हुन्छ भन्ने मलाई लाग्दैन ।’ अब नेपालको विकासका लागि स्थिर सरकार दिएर अघि बढ्नुपर्ने उनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

स्थिर सरकारबाट मात्रै विकासका काम अघि बढ्ने उनको भनाइ छ । संविधान संशोधनका लागि सबै दलसँग सहकार्य गर्दै अघि बढ्न कांग्रेस तयार रहेको उल्लेख गर्दै उनले विपक्षी दलहरुसँग समेत छलफल भइरहेको जानकारी दिए । संविधान परिवर्तन गर्दा कुन बुँदामा गर्ने हो स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्