काठमाडौं । चालु वर्षको पहिलो ६ महिनामा ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख रुपैयाँको आयात भएको छ । गत आर्थिक वर्ष २०८०।०८१ को तुलनामा आयात ७.०६ प्रतिशतले आयात बढेको हो ।
६ महिनामा निर्यातमा भने उछाल आएको छ । भारतमा पाम, सोयाबिन, भटमास तेलको भन्सार बृद्धि हुदाँ नेपालबाट निर्यात बढेको हो । गत वर्षको तुलनामा निर्यात ३१.७८ प्रतिशतले बढेको छ । यो अविधमा ९८ अर्ब ७८ करोड ९२ लाख बराबरको निर्यात भएको छ । गत आवको सोहि अवधिमा ७४ अर्ब ९६ करोड ८० लाख बराबरको निर्यात भएको थियो ।
भारतले २०८१ भदौ २९ गते भटमास, पाम, सोयाबिन तेलको भन्सार महशुल ५ प्रतिशतबाट २० प्रतिशत पुर्याएपछि नेपालबाट निर्यात हुने तेलको मात्रा बढेको हो । कच्चा पदार्थ अन्तर्गत पाम, भटमास र सोयाबिन तेल आयात गर्दा नेपालामा १० प्रतिशत भन्सार तिर्दा पुग्छ । भन्सार अन्तरमै शतप्रतिशत मार्जिन हुने भएपछि तेस्रो देशबाट तेल आयात गरी भारत पठाउन सुरु गरेको हो ।
समिक्षा अवधिमा व्यापार घाटा ७ खर्ब २३ अर्ब ५८ करोड पुगेको छ । गत आव ६ खर्ब ९३ अर्ब १९ करोड रहेको थियो । पुस महिनामा आयात १ खर्ब ६१ अर्ब पुगेको छ जसबाट राज्य खातामा ४० अर्ब बढि राजस्व संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस्