Shikhar Insurance
National Life

हिमालयन बैंकको नाफा १ अर्ब ५१ करोड, वितरणयोग्य मुनाफा ३ अर्ब ९५ करोड

सिंहदरबार संवाददाता
२०८१ माघ ७, सोमबार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ९५ करोड ९ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ५२ करोड ३३ लाख रुपैयाँ थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको सञ्चालन मुनाफा ३ अर्ब १२ करोड ३३ लाख रुपैयाँ, ब्याज आम्दानी, ५ अर्ब २३ करोड ५६ लाख रुपैयाँ रहेको छ भने बैंकको चुक्तापुँजी २१ अर्ब ६५ करोड ६६ रुपैयाँ रहेको छ । समीक्षा अवधिसम्म बैंकले २ खर्ब ९८ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब ७० करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

समीक्षा अवधिमा बैंकले खराब कर्जा अनुपात (एनपीएल) ४.९८ प्रतिशत, प्रतिसेयर आम्दानी (ईपीएस) १४.०३ रुपैयाँ, पीई रेसियो १६.६८ प्रतिशत, प्रतिसेयर नेटवर्थ १ सय ७६.११ रुपैयाँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्