काठमाडौं । ग्लोबल आइएमई बैंकले दोस्रो त्रैमासम्ममा ३ अर्ब बढी नाफा आर्जन गरेको छ । बैंकले आज (सोमबार) सार्वजनीक गरेको दोस्रो त्रैमासको गरेको वित्तीय विवरण अनुसार खुद नाफा ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।
बैंकको उक्त नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४९.५१ प्रतिशतले बढी हो । गत आव सो अवधिमा बैंकको नाफा २ अर्ब ४ करोड २३ लाख रुपैयाँ आर्जन गरेको थियो ।
पुस मसान्तसम्मा बैंकको खुद ब्याज आम्दानी १० अर्ब ३८ करोड ३९ लाख रुपैयाँ रहेको छ भने बैंकको संचालन नाफा ४ अर्ब २० करोड बढी रहेको छ ।सो अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ६४ करोड ५३ लाख रुपैयाँ रहेको छ।
पुस मसान्तसम्ममा बैंककाे चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ छ भने जगेडा कोष २६ अर्ब ५२ करोड २७ लाख रुपैयाँ रहेको छ ।
सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६.०२ प्रतिशत पुगेको छ भने प्रतिसेयर नेटवर्थ १६९.५८ रुपैयाँ रहेको छ । बैंकको आधार अनुपात ६.९५ रअेको छ भने सो अवधिमा बैंकको खराब कर्जा ४.८६ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्