Shikhar Insurance
National Life

 ०.५६ प्रतिशतले घट्यो सिटिजन्स बैंकको खराब कर्जा, निक्षेप संकलन ३ प्रतिशतले वृद्धि

सिंहदरबार संवाददाता
२०८१ माघ ७, सोमबार १२:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड खराब कर्जा घटाएको छ । बैंकले सोमबार प्रकाशित गरेको वित्तिय विवरण अनुसार पहिलो क्वाटर असोजको तुलनामा ०.५६ प्रतिशतले खराब कर्जा घटाएको  हो ।

पहिलो क्वाटर असोजमा ५.४१ प्रतिशत पुगेको खराब कर्जा पुस मशान्त सम्ममा ४.८५ प्रतिशतमा आइपुगेको छ । बैंकको बेस रेट दोस्रो क्वाटरसम्म ७.९२ प्रतिशत कायम छ । बैंकले चालु वर्षको दोस्रो क्वाटरमा कर्जा प्रवाह बढाएको छ । ६ महिनामा बैंकले ५.८० प्रतिशतले कर्जा बढाएको छ । जसअनुसार बैंकले १ खर्ब ६६ अर्ब ७४ करोड ऋण लगानी गरेको छ । यस्तो ऋण  २०८१ असार मशान्त सम्ममा १ खर्ब ५७ अर्ब ५९ करोड  थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले निक्षेप संकलन ३.१० प्रतिशतले बढाएको छ । ६ महिनामा निक्षेप संकलन १ खर्ब ९७ अर्ब ६४ करोड पुर्याएको छ । यस्तो संकलन २०८१ असार मशान्तसम्म १ खर्ब ९१ अर्ब ६७ करोड थियो । बैंकले खुद ब्याज आम्दानी ८.२७ प्रतिशतले बढाएको छ । २०८० पुस मशान्तसम्म २ अर्ब ८४ करोड ब्याज आम्दानी बढेर हाल ३ अर्ब ७ करोड पुगेको छ ।

नेट फी र कमिशन शुल्क १५.२६ प्रतिशतले बढेको छ । २०८० पुसमा ५५ करोड ९० लाख रहेको नेट ट्रेडिङ आम्दानी २०८१ पुसमा ६४ करोड ४० लाख पुगेको छ ।

यसैगरी, ट्रेडिङ आम्दानी २२९.८७ प्रतिशतले बृद्धि भएको छ । जसमा २०८० पुसमा ३९ लाख रहेको यस्तो आम्दाद्दी बढेर २०८१ पुसमा १ करोड ३० लाख पुगेको छ । बैंकले अन्य शिर्षकको आम्दानीमा पनि उल्लेख्य रुपमा प्रगति गरेको छ । यस्तो आम्दानीतर्फ बैंकले १७७.२२ प्रतिशत वृद्धि गरेको छ । २०८० पुसमा ३० लाख रहेको यस्तो आम्दानी २०८१ पुसमा ८५ लाख पुगेको छ ।

बैंकको वितरणयोग्य नाफा १५ करोड ८० लाख छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्