काठमाडौं । सिटिजन्स बैंकले चालु आर्थिक दोस्रो त्रैमाससम्मामा ६६ करोड १८ लाख रुपैयाँ खुदनाफा आर्जन गरेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा यस्तो देखिएको हो ।
गत आवको सो अवधिमा बैंकले ७८ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। चालु आव पुसमसान्तसम्मा बैंकको सञ्चालन नाफा ९१ करोड १३ लाख रुपैयाँमा पुगेको छ ।
बैंकको खुद ब्याज आम्दानी भने गत आवको तुलनामा ८.२७ प्रतिशतले वृद्धि भएको छ। पुस मसान्तसम्ममा बैंकले ३ अर्ब ७ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत आवमा सो अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ८३ करोड ९८ लाख रुपैयाँ रहेको थियो ।
सो अवधिमा बैंकको चुक्ता पूँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ अर्ब २८ करोड रुपैयाँ जम्मा रहेको छ ।
सो अवधिमा बैंकको निक्षेप संकलन १ खर्ब ९३ अर्ब ८१ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा १५ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।
सो अवधिमा बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ८.९६ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १५०.३९ रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा ४.८५ प्रतिशत रहेको छ।
प्रतिक्रिया दिनुहोस्