Shikhar Insurance
National Life

प्रभु बैंकको नाफामा ८५.४९ प्रतिशतले वृद्धि, इपिएस कति ?

सिंहदरबार संवाददाता
२०८१ माघ ७, सोमबार ०९:४८
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासीकमा १ अर्ब ३३ करोड रुपैयाँ बढी खुद नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको चालु आव ०८१/०८२ को दोस्रो त्रैमासीक वित्तीय विवरण अनुसार बैंकको नाफा १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ देखिएको हो ।

जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ८५.४९ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिसम्ममा बैंकले ७२ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो विवरण  अनुसार बैंकको खुद ब्याज आम्दानीपनि बढेको छ । बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ८६ करोड ७९ लाख रुपैयाँ पुगेको छ । जुन गत आवको सोहि अवधिमा भने ४ अर्ब ७६ करोड ६८ लाख रुपैयाँ रहेको थियो ।

पुसमसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ३३ करोड रुपैयाँले ऋणात्मक रहेको भने बैंकको सञ्चालन नाफा २ अर्ब ५२ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ ९० हजार रुपैयाँ छ भने जगेडा कोष १३ अर्ब ८७ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

सोहि अवधिमा बैंकको निक्षेप संकलन ३ खर्ब ४ अर्ब ५१ करोड रुपैयाँ छ भने बैंकको खराब कर्जा ५.०६ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ११रुपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ १४४.७९ रुपैयाँ रहेको छ ।

सोहि अवधिमा आधार अनुपात ७.०६ प्रतिशत रहेको छ भने  सोहि अवधिमा बैंकको कष्ट अफ फण्ड ४.९१ प्रतिशत रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्