काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रको विषयमा गलत हल्ला फैलाएको आरोप लगाएका छन् । बैंक डुब्यो, अर्थतन्त्र डुब्यो भन्ने भाषामा सत्यता नभएको मन्त्री पौडेलले बताएका हुन् ।
आइतबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले बैंक र अर्थतन्त्र दुबै नडुब्ने दाबी गरेका हुन् । उनले भने, “केहि मान्छेहरु बैंक डुब्छ अर्थतन्त्र डुब्छ भन्दै हल्ला मच्याइरहेका छन्, यी सबै निराधार विषय हुन् अर्थतन्त्र लयमा फर्किदै छ, बैंकलाई पनि डुब्न दिइने छैन, केहिमा समस्या होला तर उपयुक्त व्यवस्थापन हुनेछ ।”
बैंक तथा वित्तीय संस्थिप्रति नकारात्मक हल्ला गर्न नहुने बताए । आफू अर्थमन्त्री बन्नु भन्दा पहिले अर्थतन्त्रको धेरै पक्षहरु कमजोर बनेको र आफू अर्थमन्त्री बनेपछि धेरै पक्षहरु सुदृढ हुदै गएकव मन्त्री पौडेलले बताएका छन् । बजेट बनाउँदा एक मन्त्री भाषण गर्ने अर्को मन्त्री र कार्यान्वयन गर्दा अर्को मन्त्री भएको स्मरण गर्दै मन्त्री पौडेलले आफूले धेरै सुधारको काम गरेको बताए ।
निजी क्षेत्रको मनोवल उकास्न कानुनहरुको संशोधन गरेको मन्त्री पौडेललको भनाई छ । मन्त्री पौडेलले भने, “सरकारले अध्यादेश ल्याएपछि प्रधानमन्त्री ज्यूको समय लिनु भयो, सबै निजी क्षेत्रका संघ सस्थाले प्रधानमन्त्री ज्यूलाई धन्यवाद दिनुभयो, कयौं वर्षदेखि हुन नसकेको काम गर्नुभयो भनेर तारिफ समेत गुर्नुभएको छ।”
निजी क्षेत्रको मनोवलको मापन गर्ने आधार नै सोहि भएको मन्त्री पौडेलको भनाई । अर्थ मन्त्रालयले कुनै पनि तथ्यांकमा तोडमोड नगरेको मन्त्री पौडेलको भनाई छ । सबैसामू सार्वजनिक भैसकेको तथ्यांकमा कुनै चिटिङ नभएको मन्त्री पौडेलको दाबी छ ।
निर्माण व्यावसायीहरुको भुक्तानी अर्थ मन्त्रालयको ठूलो प्रयासले भुक्तानी भैसकेको मन्त्री पौडेलले बताए । उनले भने, “हामीले धेरै मिहनेत गरेर निर्माण व्यवसायीको भुक्तानी दिएका छौं, भुक्तानीका लागि निर्माण व्यवसायीले दिएको कुनैपनि निवेदनमा तत्कालै भुक्तानी भैहाल्छ।”
प्रतिक्रिया दिनुहोस्