काठमाडौं । नेपाल आदर्श निर्माण कम्पनी प्राइभेट लिमिटेड (एनएएनसी) को व्यापारमा उकालो लागेको छ । १९७० मा स्थापना भएको एनएएनसीले सन् २०२४ मा ४५ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ, जुन गत वर्ष (सन् २०२३) को तुलनामा ३ करोड २० लाख अर्थात् ७.५६ प्रतिशतले बढी हो ।
कम्पनीले सन् २०२३ मा ४२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२२ मा २६ करोड रुपैयाँको मात्र व्यापार गरेको थियो । अर्थपूर्ण र दिगो पूर्वाधारहरूको निर्माणले राम्रो भविष्यलाई जोड दिने कम्पनीको विश्वास छ।
एनएएनसी सुदृढ प्राविधिक आधार र दक्ष व्यवस्थापन प्रणालीसहितको निर्माण कम्पनी स्थापना गरी राष्ट्रको विकास प्रयासमा सहयोग गर्ने उद्देश्यले हरिप्रसाद पाण्डेको स्वामित्वमा १९७० मे ३ मा दर्ता भएको कम्पनीले जनाएको छ ।
कम्पनी ३ अक्टोबर १९९६ मा प्राइभेट लिमिटेड कम्पनीमा परिणत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्