काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले गत आव ०७९।०८० को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार ६ सय २ रुपैयाँको आधारमा १४ प्रतिशत बोनस सेयर घोषणा गरेको हो ।
प्रचलित कानूनी व्यवस्था बमोजिम बोनस सेयरमा लाग्ने कर बापतको रकम स्वयं सेयरधनीहरुले भुक्तानी गर्नुपर्ने प्रस्ताव कम्पनीले जानकारी दिएको छ ।
साथै, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारणसधाबाट पारित भएपश्चात उक्त प्रस्तावित लाभांश सेयरधनीहरुले पाउने कम्पनीले एक सूचनामार्फत जाकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्